बैतडीमा समाजवादीको पार्टी कार्यालय स्थापना
बैतडीः बैतडीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना गरिएको छ। यस्तै नेकपा एमालेमा विवाद हुँदा गठन भएको समानान्तर कमिटी पनि नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ।
महादेव भट्टको संयोजकत्वमा बनेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण भएको हो। एक सय ६५ जनाको समानान्तर कमिटीका समाजवादीमा रुपान्तरण भएको भट्टले जानकारी दिए।