सुदूर नेपाललाई विश्वसँग जोड्दै

पतिले टुप्पी नकाटेपछि पत्नीले गरिन् सम्बन्धविच्छेद

२०७८ भदौ १७, ०६:०८

एजेन्सी: भारतमा एक महिलाले आफ्ना पतिले टुप्पी पालेको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्। उनले टुप्पी पाल्ने आफ्ना पति गँवार देखिएको भन्दै यस्तो आवेदन दिएकी हुन्। टुप्पी पालेका ती व्यक्ति इन्जिनियर हुन् भने टुप्पीका कारण अलग्गिन खोज्ने पत्नी एमबिए पास युवती हुन्। 

यी दुईको विवाह तीन वर्ष पहिले भएको थियो। दुई वर्षअगाडि ती युवाको आमा र बुबाको मृत्यु भएको थियो। सडक दुर्घटनामा परि आमाबुबाको मृत्यु भएपछि ती व्यक्तिले टुप्पी पाल्ने संकल्प लिएका थिए। तर, टुप्पी पालेपछि आफ्ना श्रीमानलाई सबैले पन्डितजी भन्न थालेको र त्यही कारणले आफू लज्जित हुन परेको ती युवतीले बताएकी छिन्।

अब सम्बन्धविच्छेदका लागि आवेदन दिएपछि त युवाले पनि आफूले टुप्पी काट्दै नकाट्ने बताएका छन्। यही कारण पत्नी ६ महिनादेखि माइती गएको पनि ती युवाले बताएका छन्। आफूले धार्मिक मान्यताअनुसार टुप्पी पालेकाले यसबारे कुनै पनि विकल्प वा सर्त आफूलाई मान्य नहुने ती युवाले बताएका छन्।

कमेन्ट लोड गर्नुस