एक हजार ६६४ मा सङ्क्रमण, २० को निधन
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको हो। नौ हजार ११७ पिसिआर र तीन हजार १०५ एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये पिसिआर परीक्षण गर्दा एक हजार ५२३ र एन्टिजेनबाट १४१ जना सङ्क्रमित भएका हुन्।
हाल ३५ हजार ५९१ सक्रिय सङ्क्रमित रहेका छन्। अहिलेसम्म ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० वटा रहेका छन्।
यस्तै सङ्क्रमणबाट निको भई आज एक हजार ७८६ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भई घर फर्किएका हुन्। नेपालमा निको हुने दर ९३।९ प्रतिशत रहेको छ।
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ७५० जनाको सङ्क्रमणबाट ज्यान गएको छ। नेपालमा प्रति दश लाखमा ३६२।३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ।
यस्तै ६३७ जना सघन उपचारकक्ष आइसीयू, १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेशन, दुई हजार ३७७ जना संस्थागत आइसोलेशन र ३२९ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत रहेको छ।