सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँमा प्रहरीले निर्मलाका पोष्टर हटाउँदा महेन्द्रनगर रंगियो

२०७५ मंसिर १४, ०५:०१ जनक विष्ट

काठमाडौँमा प्रहरी परिचालन गरेर बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका पोष्टर हटाउदा महेन्द्रनगर तिनै पोष्टरले रंगिएको छ। हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै आज दिउँसो निर्मलाकी दिदी मनिषा र महिला अधिकारकर्मीको टोलीले निर्मलाको तस्विर अंकित पोष्टर महेन्द्रनगरका चोक चोकमा टाँसेका छन्।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोस्टर काठमाडौँका अधिकांश सार्वजनिक स्थलमा टाँगिएपछि ओलीकै तस्बिर मुनि बुधबार राति  टासिएका  निर्मलाका तस्बिर प्रहरीले बिहीबार दिउँसो हटाएको छ।

गृह मन्त्रालयको निर्देशन पछि निर्मलाका पोस्टर प्रहरीले हटाएको हो। तर महेन्द्रनगरका चोक चोकमा सरकार भेटियो न्याय भेटिएन उल्लेख गरेको निर्मलाको तस्विर अंकित पोष्टर टासिएका हुन्। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस