सुदूर नेपाललाई विश्वसँग जोड्दै

३० वर्षदेखि एउटै नम्बरको लोटरी भरे, अहिले करोडपति बने

२०७८ भदौ १३, ०३:३३ खबर संवाददाता

काठमाडौं: भर्खरै अमेरिका बस्ने एक व्यक्तिले लोटरीमा ज्याकपट जितेका छन्। तपाईलाई लाग्ला कि यो सामान्य कुरा हो। हर दिन लोटरीका यति धेरै टिकट खुल्छ र कसै न कसैले जित्छ। तर यी व्यक्तिको कथा फरक छ। उनले १९९१ यता लगातार एकै सेटको टिकट किनिरहेका थिए, त्यही कारण यो विषय अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

भाग्यमा थियो विश्वास 

केही मानिसहरू आफ्नो जिद्दीमा पक्का हुन्छन्। जिद्दी भएर उनीहरू लगातार त्यस्तो काम गर्छन् र कुनै न कुनै दिन सफल हुने आशा राख्छन्। यी व्यक्तिको हकमा पनि यस्तै भयो। यद्यपि, लोटरी टिकटमा कोही पनि व्यक्ति आफ्नो जीतलाई लिएर सुनिश्चित हुन सक्दैन। अमेरिकाको मिचिगन राज्यमा बस्ने यी व्यक्तिले लोटरी टिकटको एउटै सेट १९९१ देखि किनिरहे। तर भाग्य भर्खरै खुल्यो। ‘मैले धेरै पटक नम्बर बदल्ने विषयमा पनि सोचेँ, तर फेरि यही सेटमा टिकिराख्न मन लाग्यो। आज १ करोड ८० लाख ४१ हजार डलर लोटरी जित्दा मलाई विश्वास भइरहेको छैन,’ उनले भने।

यी व्यक्तिले लोटरीमा जितेको १ करोड १७ लाख डलर क्यासमा लिने फैसला गरेका छन्। यस रकमको केही हिस्सा उनले आफ्नो परिवारलाई दिनेछन् र बाँकी रकम बचत गर्ने बताएका छन्। 

कमेन्ट लोड गर्नुस