सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयसिंहको परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय

२०७८ भदौ १०, ०६:०१ खबर संवाददाता

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।

बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका  परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्।

कमेन्ट लोड गर्नुस