सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओडारमा लुकाएर राखेको भरुवा बन्दुक बरामद

२०८३ भदौ ३०, ०९:०४ खबर संवाददाता

डोटी: डोटीको शिखर नगरपालिका–५ रुडीगाडस्थित खोला किनार नजिकैको ओडारबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

सोमबार साँझ प्रहरी चौकी तलकोट, डोटीबाट खटिएको प्रहरी टोलीले ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बन्दुक बेवारिसे अवस्थामा फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस