सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा कार्यरत नेपालीको विपद् पीडितलाई सहयोग

२०८३ भदौ ३०, १०:२१ खबर संवाददाता

धनगढी: मलेसियामा कार्यरत नेपालीहरूले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग गरेका छन्।

मलेसियाको होन्सिन एपरलमा कार्यरत केही नेपाली कर्मचारीहरूले रसुवा लगायतका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई सहयोग गरेका हुन्। विपद्को समयमा स्वदेशमा रहेका नागरिकको पीडामा साथ दिन उनीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग जुटाएका हुन्।

यसैक्रममा मलेसियाको बाटु पहाटस्थित एसएमजे बीपी मल मार्फत महरा बाल सिंहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ हजार ५५५ मलेसियन रिङ्गेट पठाएका छन्। उक्त रकम नेपाली २ लाख ७ हजार ९२३ रुपैयाँ ६५ पैसा बराबर रहेको रसिदमा उल्लेख छ।

रकम ‘ग्रान्ट्स एन्ड गिफ्ट्स’ अर्थात् सहयोग तथा उपहारका रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा पठाइएको हो।

नेपालका विभिन्न स्थानमा बाढी तथा अन्य विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला विदेशमा रोजगारीका लागि पुगेका नेपालीहरूले समेत सहयोगमार्फत विपद् पीडितप्रति ऐक्यबद्धता जनाएका छन्। उनीहरूले पीडित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताएका छन्।

कमेन्ट लोड गर्नुस