देशभर कोरोनाबाट थप ४४ को मृत्यु, २४८२ संक्रमित थपिए
धनगढीः कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ। बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै १ हजार ७८१ जना निको भएका छन्। यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ।
हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ।