प्रदेश नं १ मा ४२१ मा कोरोना सङ्क्रमण
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, सङ्खुवासभामा पाँच, उदयपुरमा दुई, पाँचथर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो।
प्रदेशमा आजै ३१२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।