सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतबार थपिए १९ सय संक्रमित, २४ जनको मृत्यु

२२ सय संक्रमणमुक्त

२०७८ भदौ ६, ०४:४७ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकभर १९सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५१६ जनाको नमुना पीसीआर ९४४३ र एन्टीजेन ३०७३० परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

आइतबार २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २२ सय ४८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म मुलुकमा ३८ हजार ७५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १ लाख ८३ हजार ३२२ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्। हालसम्म मुलुकमा ७ लाख भन्दा बढीमा कोरोनाभाइरस पुष्टि भएको छ भने १०,५०९ जनाले ज्यान गुमाइसकेको तथ्यांमा उल्लेख छ।


 

कमेन्ट लोड गर्नुस