सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिम दैविक भूमि हो’

२०७८ भदौ २, ०१:०७ खबर संवाददाता

धनगढी: अद्येता/बेलादेवीपुर धाम संरक्षण समुहका अध्यक्ष कविराज जोशीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

बेलादेवीपुर धामको ऐतिहासिक महत्व के हो ?
यसको ऐतिहासिकताको कुरा गर्दा परापूर्वकालमा कसैको घरमा भोजभतेर भयो भने त्यहाँ भाँडाकुँडा चाहिन्थो। अहिलेको जस्तो टेन्ट आदिको सहज व्यवस्था त्यतिखेर हुने कुरा भएन। त्यो बेला भगवान, देवीदेउतामा खुबै विश्वास गरिन्थो र उहाँहरुकै शरणमा जाने गरिन्थो। त्यहि कुरा बेलादेवीपुर धाममा पनि भएको भन्ने छ। त्यहा कसैको घरमा भोजभतेर भयो भने देवीको प्राथना गर्दा भोजभतेरको लागि भाँडाकुँडी जोहो हुने हुन्थो। जुन भाँडाकुँडीलाई राना भाषामा बेला भनिन्थो। 

पछि यो धेरै समयसम्म चल्यो तर चलन के थियो भने कार्यक्रम सकिएपछि भाँडाकुँडी सफा गरेर त्यहाँ नै राख्नुपर्ने हुन्थो।  ती आफै बिलाएर जाने गर्थे। फेरि कसैकोमा भाँडा चाहिए देवीको प्राथना गर्नुपर्ने र फेरि भाँडाकुँडी प्राप्त हुने हुन्थो। फेरि उसले पनि सफा गरेर त्यहि गर्नुपथ्र्याे। एक दिन एकजनाले भाँडा जुठो नै छोडेर गएकोले देवी रिसाएर त्यहाँ भाँडाकुँडी आउन बन्द भएको भन्ने छ। यो कुरा रानाहरुका अग्रजहरुले भन्ने गरेका छन्। तथ्यहरुलाई हेर्ने हो र केलाउने हो भने मलाई पनि त्यो ठाँउ मनोकामना पुरा हने ठाँउ नै हो भन्ने महसुस हुन्छ। 

भाँडा फोहोर राखेदेखि देवी रिसाइन। त्यसपछि राना दाजुभाईहरुले त्यहाँ बस्न न सक्ने स्थिति आएको र बसाई सरेर त्यहाँबाट लगभग २०० मिटर माथितिर बस्न थालेका भन्ने छ।  जुन अहिले बेला गाँउका नामले परिचित छ।  माथि बसेपनि उहाँहरुको घुइया पूजा जुन हुन्छ त्यहाँ नै आएर गर्नुहुन्थ्यो तर पछि दिउँसो पनि त्यहाँ आउन डर मान्न थालेपछि त्यो पनि रोकिएको थियो। त्यहाँ पछिसम्म पनि उनीहरुले बनाएको आँपको बगैँचा थियो। अहिले त त्यो कटानी भैसक्यो। यस्ता विभिन्न तथ्यले धामको ऐतिहासिकता जनाउँछ। त्यहाँ देवी रहेको जनाउँछ। पछि देविलाई फर्काउन भएका प्रयास र फर्किएकी जनाउँछ । हामी पनि यसलाई धामकै रुपमा अगाडि बढाउन लागेको झण्डै २० वर्ष हुन थालिसक्यो। यसको नाम बेलादेवीपुर धाम राख्नुको पछाडि पनि माथि भनेकै ऐतिहासिकता जोडिएको छ।  

 तपाई चाहिँ यसकार्यमा कसरी जोडिनु भयो ?
२०६० सालमा जब म पढाई सकेर फर्किए तब बहिनीहरुले वनलाई जोगाउन भनेर एउटा महिला समुह गठन गर्नुभएको थियो। संस्थापक अध्यक्ष नन्दसिंह कुँवर लगायतका अग्रज दाजुहरुले सुरुमा वनजंगल संरक्षण गर्ने, घास दाउरा गर्न व्यवस्थित गर्ने उद्देश्यले समुह बनाइएको थियाे। 

तर पनि बिचमा एउटा मन्दिर बनाएर पूजा गर्ने र चाडपर्व मनाउने चलन त्यहि बेलादेखि गरिए पनि धामकै रुपमा अगाडि बढाउने भनेर योजना बनेको र काम हुन थालेको लगभग १५ वर्ष जति भएको छ। २०६४ बैशाख १० गतेका दिन बेलादेवीपुर धाम संरक्षण समुह भनेर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका थियौ। र त्यहि वर्ष वन डिभिजन कार्यालयमा पनि धार्मिक वनको रुपमा दर्ता गर्यौं।  तब देखिनै म पनि यसमा औपचारिरुपमा जोडिएको थिए। अहिले पछिल्लो समय समाजको एकता, समितिका साथीहरुको सक्रियताले थोरै भएपनि भौतिक संरचना निर्माण गर्न सकेका छौ। गर्नु पर्ने धेरै बाँकी छ तर पनि सफलता मिल्दै गइरहेको छ।

एउटा भौतिकता, आधुनिकता बुझेको मान्छे । औपचारिक शिक्षा राम्रो पाप्त गरेको मान्छे के कारणले यो क्षेत्रमा पनि काम गरु भन्नेमा पुग्नुभयो ?
सुदूरपश्चिम दैविक भूमि हो। यहाँ हरेकलाई भगवानमा विश्वास छ। यसबाट म अछुत रहने भन्ने भएन। पछिल्लो समय केहीले यो कुरा न बुझ्ने गल्ती गरिरहे पनि विश्वास धेरैमा छ। मैले पनि विज्ञान पढे, गणित पढे तर यसले झन मलाई यो काम गर्न मदत पुर्यायो। मैले केएमसीमा पढाउदै गर्दा विद्यार्थीहरुसँग घुम्न जादै गर्दा विभिन्न सांस्कृतिक ठाउँहरुमा पुगे। त्यहा केही न भएपनि हरेको तवरले व्यावस्थित देखे। यसले मेरो मनमा आउन थाल्यो हाम्रो यति भएर पनि कोही आउदैनन् व्यवस्थापन शैली नपुगेर नै होकि लाग्यो र यो क्षेत्रतिर काम गर्नुपर्छ लाग्यो। 

थोरै तपाईको व्यक्तिवको बारेमा कहाँ जन्मिनुभयो ? कहाँ पढ्नुभयो ? 
जन्म साविकको भुमिराजमाण्डौ गाविस वडा नम्बर ७ सलेना डोटी ढिकगाड भन्ने ठाँउ भएको हो। बुवा नगर विकासमा सिलगढी अफिसमा हुनुहुन्थ्यो त्यो भएर उहाँसँगै यता उता जाने भएर ७ वर्षसम्म म स्कुल गइन। ४० सालमा बाढी आएर घर बाहेक अरु सबै खोलाले बगायो। घरमा आमा, बजै, दिदीहरु थिए। 

जे भएपनि घर बचाएकोले कसैलाई केही भएन। बुवाले अब यहाँ नबस्ने भनिसकेपछि धनगढी आइएको हो। बासुदेवीमा कक्षा २ मा भर्ना भए। भर्ना भएको केहि समयमा फेरि पहाड जानुपर्याे। मंसिरमा धनगढी आएर फेरि बासुदेवीमा नै ३ कक्षाबाट पढाइ सुरु गरेको थिए। ७ सम्म त्यहि पढे र विस २०३९मा एसएलसी ऐश्वर्य विद्यानिकेतनबाट दिए। महेन्द्रनगरको सिद्दनाथ विज्ञान क्याम्पसबाट आइएससी गरेर र खालि समय सदुपयोग गर्ने भनेर केही समय ऐश्वयमा ल्याब असिस्टेन्टको जागिर गरेर।

अमृत क्याम्पसबाट बिएससी र टियु सेन्टरल डिपार्टमेन्टबाट एमएससी गरे र त्यसपछि विभिन्न ५/६ वटा स्कुलमा पढाएपनि र अहिले केएमसीमा पनि पढाइरहेको छु। 

कमेन्ट लोड गर्नुस