सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा काँग्रेसका नेता गिरीको निधन

२०७८ साउन २९, ०३:२६ खबर संवाददाता

बाजु्रा : नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य विनोद गिरीको निधन भएको छ। हृदयघातपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएका  गिरीको उपचारका क्रममा निधन भएको हो। 

घरबाट कोल्टी बजार गएका उनी लुम्बिनी होटल पछाडिको मकै बारीमा पल्टेको अबस्थामा फेला परेका थिए। केही समयपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दागर्दै उनको मृत्यु भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस