सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमानसँग सल्किएको भन्दै पत्नीले युवतीको कपाल काटिदिएपछि...

२०७८ साउन २३, १२:३९

काठमाडाैं: एक श्रीमतीले आफ्ना पतीसँग लागेको भन्दै युवतीको कपाल काटेकी छिन्।

भारतको गुजरातस्थित सुरतको पलसानास्थित तातीथईया गाउँमा ती श्रीमतीले गाउँका सबै मान्छेलाई बोलाएर युवतीको कपाल काटेकी हुन्। कपाल काट्दा पीडित युवतीले चिच्याउँदा समेत कसैले सहयोग नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटना सार्वजनिक भएपछि प्रहरीले पीडित युवतीको उजुरी दर्ता गरेर आरोपी पत्नीलाई पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस