कैलालीका चेतराज दोस्रो सुप आईडल
कैलालीबाट सहभागीता जनाएका चेतराज फुलारा दोस्रो सुदूरपश्चि आईडलको बिजेता भएका छन्। तिलक फिल्म प्रा.लि.ले असोज २५ गतेदेखि सञ्चालन गरेको सु.प आईडलमा एक सय २० जनाको सहभागिता रहेकोमा फुलारा प्रथम भएका हुन। उनले नगद एक लाख, ट्रफी, प्रमाण पत्र र निःशुल्क गीत रेकर्डिङको अवसर पाएका छन।
एक सय २० जना सहभागी रहेको सुदूरपश्चिम आईडल २०७५ मा दोस्रो राउण्डमा ८०, तेस्रोमा ४५, २५, १५, १०, ५, ४ हुदै फुलारा प्रथम भएका हुन। सु.प आईडल २०७५ को आषिश महर दोस्रो भएका छन।
हिमाल सुनार, सञ्जय डगौरा र सञ्जिता नेपाली पनि उत्कृष्ट ५ मा पुगेका थिए । उनीहरुलाई निः शुल्क गीत रेकडिङको सुविधा पाएका तिलक फिल्म प्रा.लिका सञ्चालनक दिपक जोशीले जानकारी दिए।