पेट्रोलियम पदार्थको आपूर्ति सहज वनाउन निर्देशन (भिडियो रिर्पोट सहित)
ट्याङरमा लगाइएको सिन्डिकेटले पेट्रोलियम पदार्थको हाहाकार भएको बिषयमा प्रदेश मन्त्रीहरुले चासो व्यक्त गरेका छन् । ट्याङकरको अभावका कारण पेट्रोलियम पदार्थको हाहाकार भएको समाचार दिनेश खवरमा प्रकाशन भएपछि प्रदेश सरकारका मन्त्रीहरुले चासो व्यक्त गरेका हुन ।
सोमवार मात्रै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शिवराज भण्डारीलाई आफ्नै कार्यकक्षमा वोलाएर ईन्धनको आपुर्ति सहज पार्ने बिषयमा छलफल गरेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपाल आयल निगमका क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शिवराज भण्डारीलाई बोलाएर आपुर्ति सहज पार्ने बिषयमा गरेकी हुन् । मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्ति सहज पार्न निर्देशन दिइएको जनाईन् । ‘तपाईसँग के कति ट्याङकर छन् ?, थप्नुपर्ने कति हो ?, त्यसको जानकारी गराउनुस्,’ मन्त्री भट्टले भनिन्, ‘मैले निगमका प्रमुख भण्डारीसँग भनेको छुँ ।
यता आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले पनि आयल निगमका क्षेत्रीय प्रमुख शिवराज भण्डारीलाई मन्त्रालयमै बोलाएर पेट्रोलियम पदार्थ अभावको बिषयमा जानकारी लिएका छन् । म
न्त्रीहरुले चासो व्यक्त गरेपछि आयल निगमका क्षेत्रीय प्रमुख लगायतका कर्मचारीले खेतीपातीको समयमा हुने ईन्धन अभावको कारणवारे जानकारी गराएका थिए । ट्याङकर थप्नुपर्ने बिषयमा प्रदेश सरकारले पनि पहल गर्नुपर्ने आयल निगमका क्षेत्रिय प्रमुख शिवराज भण्डारीले बताए ।
‘मन्त्री ज्यूले अभाव किन हो भनेर चासो राख्नुभयो ।’ निगमका प्रमुख भण्डारीले भने, जवाफमा मैले, ‘खेतीपातीको समय भएकाले माग वढ्दा अभाव भएको भने, ट्याङकर अभावले त्यसो भएको हो, ट्याङकर थप्ने विषयमा कुरा राखे ।’ हरेक बर्ष खेतीपातीका समयमा हुने पेट्रोलियम पदार्थको अभावले किसानहरु समस्यामा पर्दै आएका छन् ।
व्यवसायीको सिन्डिकेटका कारण वषौँदेखि आयल निगमले ट्याङकर थप्न नसक्दा सामान्य समयमा पनि पेट्रोलियम पदार्थको पर्याप्तता छैन् ।