सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयसिंह जीवितै भेटिने परिवारको आशा मर्‍यो, गृहको टोली सक्रिय

२०७८ साउन २०, ०१:०८ खबर संवाददाता

धनगढीः जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। भारतीय पक्षले तुइन फुकाउदा महाकाली नदी तर्दै गरेका युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयको टोली दार्चुला पुगेको हो।

उक्त टोलीले आजबाट काम थालेको जनाएको छ। १५ साउनमा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका थिए। सो घटनाको सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको उक्त टोलीले मंगलबार घटनाको छानबिनमा लागेको बताएको छ। 

यता बेपत्ता भएका धामीका परिवारले भने उनी अब जीवितै भेटिने आशा मारेको बताएका छन्। उनीहरुले जयसिंह अब जीवित नभेटिने भन्दै कुशको आकृति बनाएर हिन्दूू संस्कारअनुसार अन्त्येष्टि समेत गरेका छन्। धामीका श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरी छन्।

कमेन्ट लोड गर्नुस