सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा तुइनबाट खसेर युवक बेपत्ता प्रकरण छानविन गर्न सरकारी पक्षबाट अहिलेसम्म के–के भयाे ?

२०७८ साउन १६, १०:४३ खबर संवाददाता

धनगढी: शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा तुइनबाट खस्दा ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेका थिए। महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले देखेपछि तुइन काटिदिएको प्रत्यक्षदर्शी बिक्रम रोङकलीले बताएका थिए। जयसिंह तुइखबाट ओर्लिन एक/दुई पाइला मात्रै बाँकी रहँदा त्यहाँ पुगेका दुई जना एसएसबीका जवानले तुइन काटिदिएको रोङकलीले बताए।

धामी तुइन तर्ने बेला प्रत्यक्षदर्शीहरु बिक्रम रोङकली, अनिता धामी र कल्यान सिंह धामी नेपालतिरकै भूभागमा थिए। धामी महाकाली नदीमा वेपत्ता भएसँगै दुबैजना एसएसबीका जवान घट्नास्थलबाट भागेको प्रत्यक्षदर्शीले बताएका छन्। 
उक्त घटनापश्चात दार्चुलावासी तथा विभिन्न दलले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन्। 

घटना छानविन गर्न के–के भइरहेको छ ?
धामी बेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्रचार गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबीन गर्न पत्रचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्। तर त्यसको कुनै जवाफ नआएको उनले बतानइन। यस्तै घट्नाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी खटाइएको छ। 

त्यसैगरी नेपाल सरकारले  घटनाबारे छानविन गर्न समिति बनाएको छ। गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन्। समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन्।

गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। 

कमेन्ट लोड गर्नुस