सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु

२०७८ साउन १३, ०६:१६ खबर संवाददाता

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप  ३३ जनाको मृत्यु भएको छ। त्यस्तै देशभर ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्  त्यस्तै  काठमाडौं उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौं जिल्लामा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेका छन्।  


 

कमेन्ट लोड गर्नुस