सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १५ देखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय

२०७८ साउन ११, ०६:३० खबर संवाददाता

काठमाडौं: स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले उक्त कुरा बताएका हुन्।

आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने समेत उनले जानकारी दिए। सो अवसरमा उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए।

हालको स्थिर अवस्थालाई हेर्दा पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम छ। संक्रमितमध्ये २८ हजारलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस