सांसद आलेलाई गृह जिल्लामा कालोझण्डा
२०७५ कार्तिक २७, ०७:३३
प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेता प्रेमबहादुर आलेलाई उनको गृह जिल्ला डोटीमा कालोझण्डा देखाइएको छ। जिल्ला समन्वय समितिले आयोजना गरेको निर्वाचन क्षेत्र विकास कोष सम्बन्धी कार्यक्रममा सहभागी हुन जाने क्रममा आलेलाई कालोझण्डा देखाइएको हो। दिपायल प्रदेश राजधानी बनाउने आश्वासन पूरा नगरेको भन्दै उनलाई कालो झण्डा देखाइएको छ।
कमेन्ट लोड गर्नुस