सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध
धनगढी: पहिरो जाँदा सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ।
राजमार्ग अन्तर्गत डडेल्धुराको गैरामा पहिरो गएको हो। जिल्लाको आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ। पहिरो पन्छाउनका लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग अवरुद्ध बनेपछी त्यहाँ सयौँको संख्यामा गाडी रोकिएका यात्रुहरुले बताएका छन् ।