सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शुभकामना टोल डुबानमा(फोटोसहित)

२०७८ साउन ७, ०१:०२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को शुभकामना टोल पनि डुबानमा परेको छ। शुभकामना टोलका १० घर हडुबानमा परेका हुन्।

उक्त टोलमा मोहना नदीको पानी र मोहनापुल अत्तरिया ६ लेन सडकको जम्मा पानी पसेको हो। 

डुबान भएपछि दैनिक उपभोग्य सामाग्री ल्याउन पनि बाहिर जान समस्या भइरहेको स्थानीय शारदा सिँहले बताइन्। उनले भनिन्, ‘पहिले त यति धेरै पानी हुन्थेन्। वडा नम्बर १३ को जम्मै पानी यो वर्ष हाम्रो टोलमा आयो। पानीले गर्दा बाहिर जान पाइरहेका छैनौँ।’

होम पाइपमार्फत पानी निकास गर्न वडा कार्यालय र उपमहानगरपालिकसँग पटकपटक आग्रह गर्दा पनि वास्ता नै नगरेको अर्का स्थानीय राजेन्द्र सिंहले बताए।

कमेन्ट लोड गर्नुस