ओलीले युथफोर्स ब्यूँताएपछि नेपालले ‘पिपुल्स भोलेन्टियर’ बनाउँदै
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले युवा संघ अन्तर्गत ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गर्ने तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले युथ फोर्स ब्यूँताएपछि वरिष्ठ नेता नेपालले ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गर्न लागेका हुन्।
नेपाल निकट युवा संघले बिहीबार १ हजार १ सदस्यीय पिपुल्स भोलेन्टियरको घोषणा गर्न लागेको युवा संघले जनाएको छ। भक्तपुरको सुर्य विनायक स्थित थापा पार्टी प्यालेसमा एक भेला गर्दै युवा संघले पिपुल्स भोलेन्टियरको घोषणा गर्ने छ। भेलालाई वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भोलि ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा युवाको बृहत भेलामार्फत पिपुल्स भोलेन्टियरको घोषणा गर्न लागिएको युवा संघका उपमहासचिव एवं प्रचार विभाग प्रमुख संन्जिप राईले बताए।