सुदूर नेपाललाई विश्वसँग जोड्दै

जग्गाको विषयमा झडप, दुई घाइते

२०७८ साउन ४, ०४:३१ खबर संवाददाता

धनुषा: धनुषाको बटेश्वरमा झडप हुँदा २ जना घाइते भएका छन्। बटेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। 

गाउँपालिकाले नाप नक्सा गर्दा १९ धूर जग्गाको नक्सा कटाएको पाइएपछि रासलाल र सहदेव दासको परिवारबीच विवाद हुँदै आएको थियो। विवाद उग्र बनेर सोमबार झडप हुन पुगेको हो। 

सो झडपमा श्यामसुन्दर दास र रामनारयण दास घाइते भएको बटेश्वर प्रहरी चौकीले जनाएको छ। श्यामसुन्दरको टाउकोमा चोट लागेको छ भने रामनारायणको कन्चटमा चोट लागेको बटेश्वर प्रहरीले जनाएको छ। 
घाइतेहरुको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भईरहेको छ। 

घाइते श्यामसुन्दर दासले जिल्ला प्रहरी कार्यालय धनुषामा बटेश्वर गाउँपालिका सहित ४० वर्षिय रामकमल महतो, ३२ वर्षिय सुरेन्द्र महतो र २७ वर्षिय दिलीप महतोबिरुद्ध जाहेरी समेत दर्ता गराएका छन्। 

घटनामा संलग्न रहेको आरोपमा रामकमल र सुरेन्द्रलाई बटेश्वर प्रहरी चौकीले पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस