सुदूर नेपाललाई विश्वसँग जोड्दै

अज्ञात समूहको खुकुरी प्रहारबाट एक जनाको हत्या

२०७८ असार ३१, ०७:०५ खबर संवाददाता

संखुवासभा: खुकुरी प्रहार गरि एक जनाको हत्या गरिएको छ।

संखुवासभाको खाँदबारी नगरपालिका तुम्लिङटारमा खुकुरी प्रहार ४७ बर्षीय लक्ष्मण कुमालको हत्या भएको हो। 

बुधबार साझँ ६ बजे अज्ञात समूहको खुकुरी बाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक शुभेश अधिकारीले बताएका छन्। 

उनको निधार, टाउको, गर्धन तथा शरिरका बिभिन्न ठाँउमा खुकुरी प्रहार गरी हत्या भएको अधिकारीले बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस