देउवालाई गृह जिल्ला डडेल्धुरामा बाजागाँजासहित बधाई
२०७८ असार २९, ०८:४७
डडेल्धुरा: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको गृह जिल्ला डडेल्धुरामा बाजागाँजासहित बधाई दिइएको छ।
नेपाली कांग्रेस डडेल्धुराले मंगलबार साँझ बाँजागाँजा सहित र्याली निकाली देउवालाई बधाई दिएको हो।
नेपाली कांग्रेस पार्टी कार्यालय किसुन जी स्मृती भवन बाट र्याली निकालि बसपार्क हुँदै भिमदत्तचोकमा र्यालीको समापन गरिएको थियो।
कमेन्ट लोड गर्नुस