सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य चौकीमा खानेपानीको अभाव

२०७८ असार २७, ०५:४१ रासस

जुम्लाः हिमा– ६ महाबैपातर खोलामा रहेको स्वास्थ्य चौकीमा खानेपानीको अभाव रहेको छ। उक्त स्वास्थ्य चाकीमा बिजुली र इन्टरनेट सेवाको समेत अभाव छ। स्वास्थ्य चौकी इञ्चार्ज टेकबहादुर बुढाले दुर्गमका स्वास्थ्य चौकीमा पूर्वाधार अभावले सेवा दिन कठिनाइ हुने गरेको बताए।

स्वास्थ्य चौकीमा ओपिडी सेवा, गर्भजाँच र बर्थिङ सेन्टरको सेवा दिइरहेका बुढाले जानकारी दिए। स्थानीयले पाउने सेवा सरल, सहज बनाइएको छ। यहाँ औषधि अभाव हुन दिइएको छैन। स्वास्थ्य चौकीमा पूर्वाधार अभावका कारण सोचेअनुसारको सेवा उपलब्ध गराउन सकिएको छैन।    

विद्युत् नहुँदा सुत्केरी गराउने बेला मोबाइलको टर्च बालेर सेवा दिनुपर्ने अवस्था रहेको सिनियर अनमी जयलक्ष्मी रावतले बताए। 
 

कमेन्ट लोड गर्नुस