सुदूरपश्चिममा शुक्रबार कोरोना भाइरसबाट एक जनाको मृत्यु, ३६ जनामा संक्रमण पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशमा शुक्रबार एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। त्यस्तै ३५ जना संक्रमित निको भई घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरी ८ सय २ नमुना परीक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालमा २ जना, सेती अस्पतालमा १४ जना र महाकाली अस्पतालमा ७७ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि पुष्टि नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।