सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट झण्डै १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ

२०८२ जेठ ११, ०६:१९

धनगढीः कैलालीको धनगढीबाट झण्डै १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन।

धनगढी उपमहानगरपालिका–३ चौराह र धनगढी– १२ जुगेडाबाट १७ ग्राम ८५० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका हुन्।

लागुऔषध नियन्त्रण शाखा कार्यालय धनगढी र वडा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। धनगढी चौराहाबाट १६ ग्राम २३० मिलिग्राम र जुगेडा बि गाउँबाट एक ग्राम ६२० मिलिग्राम लागुऔषध बरामद गरेको हो। भारतको पलिया बस्ने २४ वर्षीय अबनिश कुमार चौराहबाट लागुऔषधसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–११ का ६६ वर्षीय मोती राना र सोही ठाउँका ३१ वर्षीय चैना राना जुगेडाबाट पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले से २ प २०८७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस