सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सारका प्रमुखलाई कुटपिटकाे अाराेपपछि नगर प्रहरी प्रमुखमाथि धनगढी उपमहानगरले थाल्याे कारबाहीकाे प्रक्रिया

२०८२ जेठ ११, ०९:०० खबर संवाददाता

धनगढीः भन्सार कार्यालय, कैलालीका प्रमुख अनन्त तिम्सिनालाई कुटपिट गरेकाे अाराेप लागेका नगर प्रहरीका प्रमुख तथा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीलाई कारबाहीकाे प्रक्रिया अगाडि बढेकाे छ। धनगढी उपमहानगरपालिकाले धामीलाई २४ घण्टे स्पाष्टीकरण साेधिएकाे हाे। 

भन्सार कार्यालय भित्र शनिवार राति धामीसहितको टोलीले तिम्लिनालाई कुटपिट गरेकाे घटना सार्वजनिक भएपछि धनगढी उपमहानगरपालिकाले अधिकार क्षेत्र बाहिर नगर प्रहरी गएकाे भन्दै कारबाहीकाे प्रक्रिया थालेकाे हाे। 

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले धामीलाई साेधेकाे स्पष्टीकरणमा भनिएकाे छ, ´अाफ्नाे अधिकार क्षेत्र भन्दा बाहिर गई अाफ्नाे पदिय मर्यादाकाे उलङ्घन गरि निजलाई कुटपिट गर्नुकाे कारण के हाे ? अाफ्नाे पदिय मर्यादा भन्दा बाहिर गई तपाईले गर्नु भएकाे उक्त घटनाका सम्बन्धमा पछिसम्म फरक नपर्ने गरि सत्य तथ्य व्यहाेराकाे स्पष्टीकरण याे पत्र प्राप्त भएकाे मितिले २४ घण्टा भित्र स्पष्ट उचित कारण पेस गर्न हुन जानकारी गराईन्छ।` धनगढी उपमहानगरपालिकाले स्पष्टीकरण पेस नभए कानुनी कारबाही गर्ने भनेकाे छ। 

धामीका विरुद्वमा कैलाली प्रहरीमा समेत उजुरी दर्ता भएकाे छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिंहले सीसीटिभी क्यामराको फुटेज अनुसार अनुसन्धान र कारबाही गर्न भन्दै प्रमुख भन्सार अधिकृत अनन्त तिम्सिनाले निवेदन दर्ता गरेका बताएका छन्। 

यता, धामीले भने तिम्सिना मदिरामा लठ्ठ भएर आफूहरूमाथि दुर्व्यभार गर्न अाएका बताएका छन्। उनले भने, ‘गाडीले तारजाली टुटाएको थियो। हामी खोज्दै गयौ। भन्सार कार्यालय भित्र छ भन्ने सूचना अयो। हेर्न गयौ, भन्सारको गाडी केही भएको थिएन्। फर्किदै थियौ। एक जना मदिरा सेवन गरेको मान्छे आउनु भयो। हाम्रो गाडीमा हान्नु भयो। हामीले उपमहानगरपालिकाबाट आएका भन्यौ। फेरि पनि मलाइ हान्नु भयो। हातमा लाग्यो। मेरो फोन खस्यो। हामीलाई धकेल्नु भयो। तर, यो कुराहरू उहाँले मिडियामा पठाउनु भएको छैन। मैले समातेको मात्र पठाउनु भएको छ।’

माेहनापुल अत्तरिया ६ लेन सडककाे तारजालीमा गाडिले क्षति गरेपछि नगर प्रहरीकाे टाेली खाेजिमा रहेका बेला उक्त घटना भएकाे हाे।

कमेन्ट लोड गर्नुस