सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

२०७८ असार २४, ०५:१६ खबर संवाददाता

धनगढीः पहिरो जाँदा अवरुद्ध बनेको भीमदत्त राजमार्ग खुलेको छ। 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा बिहीबार बिहान गएको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियो। दिउँसो स्काभेटरको मद्दतले पहिरो पन्छाइएपनि पुनः पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको थियो। 

उक्त पहिरो पनि पन्छाएपछि बिहीबार साँझबाट राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

पहिरोले राजमार्ग अवरुद्ध भएपछि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारी साधन रोकिएका थिए।
 

कमेन्ट लोड गर्नुस