सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा बैठकमा कस्मेटिक राजनीति नगर्न आग्रह

२०७८ असार २३, ०२:२४ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रियसभा सदस्य बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन्।

उनले भने, 'राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौँ मेरो यो अनुरोध छ।' वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारबाहीको बचाउ गरे।

उनले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको उनको भनाई छ।

कमेन्ट लोड गर्नुस