नेपालस्थित पाकिस्तानी दूतावासमा ‘यौम ए–तशकुर’ मनाइयो

काठमाडौँः नेपालस्थित पाकिस्तानी दूतावासले आज यहाँ ‘यौम ए—तशकुर’ (कृतज्ञता दिवस) का अवसरमा विशेष समारोह आयोजना गरेको छ।
त्यस अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावास प्राङ्गणमा राष्ट्रिय झन्डा फहराउँदै कार्यक्रम शुभारम्भ गरेका थिए। कार्यक्रममा दूतावासका अधिकारी, नेपालमा बसोबास गर्ने पाकिस्तानी समुदायका सदस्यहरू, तिनका परिवारका सदस्यलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रत्याक्रमणका क्रममा पाकिस्तानको सुरक्षा फौजले प्रदर्शन गरेको भूमिकाको स्मरण गर्दै शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना गरिएको थियो। त्यस अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत हाश्मीले प्रत्याक्रमणका क्रममा मारिएका सैनिक अधिकारी र नागरिकप्रति सम्मान अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
