सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा २३ दिनअघि बेपत्ता भएका पुरुषको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७८ असार १९, ०४:५६ खबर संवाददाता

धनगढी: डोटीमा गत जेठ २८ गतेदेखि हराइरहेको एक पुरुषको शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ४ गरुडीका २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको हो। 

घरबाटै हराएको भट्टको शव २३ दिनपछि शनिबार शिखर नरपालिकाकै वडा ६ मा रहेका एक सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कन्तिराज जोशीले बताए।

सामुदायिक वनमा भट्टको शव सडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक जोशीले बताए। भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनबाट उनकै आफन्तले शवको सनाखत गरेको प्रहरीले जनाएको छ। 

भट्टले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
 

कमेन्ट लोड गर्नुस