सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टरले घोडालाई ठक्कर दिएपछि दुई गाउँबीच झडप

फाइल फोटो
फाइल फोटो
२०७८ असार १९, १२:३७ खबर संवाददाता

रुकुम: सडक निर्माण काम गरिरहेको ट्याक्टरले घोडालाई छोएपछि दुई गाउँबीच झगडा भएको छ।

शुक्रबार बेलुकी आठबीसकोट नगरपालिका–३, खदीको तल्लो र माथिल्लो गाउँबीच झगडा भएको हो। झडपमा २ जना घाइते भएका छन्। राजु विक र गोपाल विकलाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारका लागि नगर अस्पताल लगिएको छ।

सडक निर्माणका लागि सामग्री बोकेको ट्याक्टरले पछासड रहेको घोडालाई छोएको थियो । त्यही विषयलाई निहु बनाएर तल्लो र माथिल्लो गाउँबीच झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए।

घोडा तल्लो गाउँका मदन बोहराको हो  घोडालाई पनि छालाको डोकामा ढुङ्गा बोकाउने गरिएको थियो। झडपमा संलग्न गोपाल बोहरालगायतलाई नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए। फोन सम्पर्क हुन नसकिरहेका कारण सबै विवरण प्राप्त नभएको डीएसपी श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस