बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडीः बैतडीमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको सूर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हो।
शुक्रवार बिहान करिब ९ बजे भालुपण एकलकट्टा भन्ने भिरबाट लडेर उनको मृत्यु भएको वडा– ८ का अध्यक्ष भानबहादुर बोहराले बताए। भिरबाट झण्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो।

उनका एक सात वर्षीय र अर्का छ महिनाका छोरा छन्। उनी दुई वर्षअघि पनि भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्। शुक्रवार भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ।
