सुदूर नेपाललाई विश्वसँग जोड्दै

चित्र नष्ट गर्नु कलाकारको अपमान हो: कांग्रेस

२०७८ असार १७, ०६:३० खबर संवाददाता

काठमाडौँ:  नेपाली कांग्रेसले महामारीमा अग्रपङ्क्तिमा काम गर्नेहरुको कदर गर्दै  सम्मान  गर्नुपर्ने जनाएको छ।

कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि यहाँको एक पर्खालमा निर्माण गरेका थिए। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको उक्त चित्रलाई  नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको बताएका छन्। 

“अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ। लिखित अनुमति लिएर, अग्रमोर्चामा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाइ होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको व्यवहार किमार्थ हुन सक्दैन” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

कमेन्ट लोड गर्नुस