सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ८ जिल्लामा निषेधाज्ञा, कुन जिल्लामा कहिलेसम्म ?

२०७८ असार १६, ०२:३३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका ८ जिल्लमा निषेधाज्ञा जारी छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो।

पछिल्लो समय विभिन्न जिल्लामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएको छ। डोटीमा असार २०, अछाममा असार २१, बैतडीमा असार ३१, डडेल्धुरामा असार २५ र कञ्चनपुरमा असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ।

यस्तै दार्चुलामा असार २० र कैलालीमा असार २२ गतेसम्म निषेधाज्ञा कायम रहनेछ। बाजुरा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी छ । बझाङ जिल्लामा भने निषेधाज्ञा नहेको गृहमन्त्रालयले जनाएको छ।

निषेधाज्ञा जारी भएको जिल्लामा पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै व्यापार, व्यवसाय सञ्चालन गर्न दिइएको छ भने सार्वजनिक सवारी साधन पनि सञ्चालन भएका छन्। सभा, सम्मेलनलगायत भीडभाड हुने क्षेत्रमा भने रोक लगाइएको छ।

कमेन्ट लोड गर्नुस