डोटीका बलायरको घरमा आगलागी

डोटीः डोटीमा एक घरमा आगलागी भएको छ।
जिल्लाको शिखर नगरपालिका–६ कोट गाउँमा शनिवार दिउँसो आगलागी हुँदा एक घरमा आंशिक क्षति पुगेको छ। कोट गाउँका गणेशबहादुर बलायरको स्वामित्वमा रहेको घरमा दिउँसो करिब पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट घरको माथिल्लो तलाको एक कोठामा रहेका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन, काठका फर्निचर र एलइडी टिभी जली नष्ट भएका छन्। घटनापछि प्रहरी चौकी तलकोटबाट प्रहरी हवल्दार टिका महराको नेतृत्वमा चार जनाको टोली खटिएको थियो। स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
