'हामी अभियानका लागि रकम माग्दैनौ, शुभचिन्तकहरु आफै दिन्छन्'
धनगढी: सामाजिक अभियान कर्ता कैलालीका जनक सुनारसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाईको पछिल्लो अभियानको विषयबाट कार्यक्रमको सुरुवात गरौँ ।
अहिले कोरोना महामारीमा चाहिँ हामी गाँउघरतिर जो सहरबाट एकदम टाढा छन् ती ठाउँमा स्वास्थ्य सेवा प्रदान गर्न लागि परिरहेका छौ। जसले आर्थिक रुपमा कमजोर भएर उपचार गर्न सक्दैनन् तिनका लागि निःशुल्क औषधिको व्यावस्था गरिहेका छौँ।
अस्पतालबाट टाढा रहेका घरहरुमा निःशुल्क रुपमा स्वास्थ्य सामग्री पुर्याउने प्रयास गरिहेका छौँ। गाउँघर क्लिनिक भनेर सुरु गरिएको यो अभियानको दोस्रो चरणमा छौ।
पहिले हामीले मोहन्याल गाउँपालिमा यो अभियान चलाएको थियौँ। जहाँ २६७ जना बिरामीको उपचार गरेर फर्किएका थियौँ।
स्वास्थ्यकर्मीहरुलाई साथमा उपस्थित गराएर अभियानको दोस्रो चरणमा चाहिँ जाजरकोटकको कुसे गाउँपालिका ३०० जना जतिको उपचार गरेर फर्केका छाै। हाम्रो यात्रा एकदम कठिन रहेको थियो तर पनि आत्मसन्तुष्टी भने धेरै नै पाएका छौँ। यस्ता ठाउँ जहाँ न बत्ती छ न सम्पर्क हुन्छ त्यहाँ गएर सेवा गर्ने मेरो सम्पूर्ण टिमलाई यहिबाट धन्यवाद पनि दिन चाहन्छु।
तपाईहरु पनि त मागेरै, अरुले छाक काटेर दिएको पैसाबाट नै अभियान चलाउनुहुन्छ। अभियान पारदर्शी कम देखिने गरेको आरोप लगाइन्छ। तपाई त्यसलाई कसरी लिनुहुन्छ ?
हामी हामीलाई दिनुस् त भन्दैनौ तर पनि शुभचिन्तकहरुले ल यति सहयोग गर्छु तपाईहरु यो अभियान थाल्नुस भन्नुहुन्छ र हामी त्यो अभियान सुरु गछौं। तर पनि जनताकै पैसा भएकोे नाताले हामी पारदर्शीताको लागि हरेक वर्ष आर्थिक वर्षको अन्त्यमा पुरै लेखा प्रतिवदन नै तयार पारेर अडिट गराएर समाजिक सन्जालमार्पmत जानकारी दिन्छौँ।
यति कमै उमेरमा समाजिक क्षेत्रमा काम गरौँ भन्ने सोच तपाईमा कसरी आयो ?
म सानैदेखि नै समाजिक काममा रुचि राख्थे। पढाई सकाउन अहिले कैलालीको लम्कितिर बस्छु गाउँमा सुखदुख गर्दै पढाई गर्दादेखि यहाँसम्म पुग्दा धेरै नै संघर्ष गरेको अनुभुति हुन्छ।
म जस्ताे स्थिती भएका धेरै नै हुन्छन् उनीहरुलाई केही सहयोग गर्न सकिन्छ कि भनेर आफै भित्रबाट यो सोच आयो। फेरि सामाजिक काम म गर्ने छु भनेर पनि नहुने किसीमको काम हो। कुन मोडमा के गर्ने स्थिति आउछ र के हुन्छ, के गर्नु पर्छ भन्ने अनिश्चित जस्तै हुन्छ। हाम्रो पनि काम जति पनि भएका छन् सबै गर्दै जाँदा भएका हुन। यस्तो गर्छु भन्ने कुनै पनि योजना थिएनन्।
आर्थिक अवस्था कमजोर भएको सुनाउनुभयो व्यक्तिगत खर्चहरुको जोहो चाहिँ कसरी गर्नु हुन्छ नी ?
परिवारको जिम्मेवारी पनि छ नै। तर पनि खर्चको सवालमा घरमा खेती किसानीतिर चासो राख्ने भएकाले पहिलेदेखि बाख्रा पाल्ने गर्थे। थोरे मात्रामा गाईगोरु छन्। खेती पनि गछौं।
थोरै आफनो खेत र अरुकोबाट उत्पादनको केही भाग उनलाई दिने शर्तमा। यसरी नै जिविकोपार्जन गर्छाै। गाउँघरमा त्यस्तो खर्चपनि बढी हुँदैन आफ्नो पढाईको खर्च आफन्तबाट चलिहाल्छ र कलेजले पनि छात्रवृति दिएको छ।
आगामी योजना के छन् ?
म जे पनि काम दिगो होस् भन्ने चाहन्छु, त्यसले पछिसम्म केही न केही प्रतिफल दिइनै रहोस्। अहिले हामी यस्तै काम गरिरहेका छौँ र गर्ने छौँ।
मान्छेको ज्यान जोगाउन गरिएको गाउँ घर क्लिनिक अभियान पनि यसको एक उदाहरण होे। पेशाको कुरामा मलाई पढाउन मन पर्छं अहिले पनि म आफूभन्दा जुनियरहरुलाई ट्युसन पढाउने गरेको छु। प्रोफेसर नै मेरो सपना हो।