सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर २, ०७:३० खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट, धनगढी–१५ उर्मी र गोदावरी नगरपालिका–१ धनगढी रोडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख ७७ हजार ८५० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको भन्सार छलीका बिडी, सुर्ती, कुर्ता, सल, कुर्ता सुरवाल, काठको चम्चा, डिस्पोजल प्लेट, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस