सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भेटियो ऐतिहासिक शिला, स्थानीयले गरे पुजा

२०७८ असार १४, ०२:५८ खबर संवाददाता

डोटी: डोटीमा ऐतिहासिक कलात्मक शिला भेटिएको छ। जोरायल गाउँपालिका–३ चनकट्टे बजारमा उक्त शिला फेला परेको हो। 

शिला भेटिएको उत्तरतर्फ पाण्डवकालिन भीमछेदन शिला समेत रहेको छ। भेटिएको शिलाको सम्बन्ध भीमछेदन शिलासँग रहेको त्यहाँका स्थानीयले बताएका छन्। 

उक्त फेला परेको शिलालाई उठाएर अर्को ठाउँमा राख्दा पानी आएको  स्थानीय तीर्थराज भट्टले बताए। 

उक्त शिला हेर्नका लागि स्थानीयहरुको भीड लाग्न थालेका छ। कतिपयले त उक्त शिलाको पुजा समेत गरेका छन्। 

जोरायल क्षेत्रलाई पाण्डव कालिन समयमा पाँच पाण्डव वनवासका क्रममा बसेको भन्ने कथन रहेको छ। 

कमेन्ट लोड गर्नुस