सुदूर नेपाललाई विश्वसँग जोड्दै

वास्तविक किसानले बजेटबारे थाहा पाएका हुँदैनन्ः कृषिविद् राई

२०७८ असार १४, ११:४५

धनगढी:  कृषिविद् तथा लेखक जीवन राईसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

तपाई नेपालभरीका जिल्लाहरु घुम्नुभयो, उदेश्य के थियो ?
मैले देश भरीका ७७ वटा जिल्लाहरु घुमेको छु। ८ वर्षको समयअवधि लगाएर देश घुमेको थिए। कृषिबाट सम्वृद्धि हुन देशको माटो बुझ्नु पर्छ।

देशमा केही छैन, विदेशिनुपर्छ भन्ने युवाहरुको संख्या धेरै भएको बेला हेरौ न त साच्चिकै के सम्भव नै नभएको हो भन्ने सोचेर सम्भावना खोज्न यात्रा सुरु गरेको थिए। म पहिले जागिर गर्थे र विभिन्न पत्रिकाहरुमा लेख्ने गर्थे। पछि जागिर छोडेर यात्रा शुरु गर्दै गर्दा निम्न उद्देश्य बनाएको थिए।

पहिलो उद्देश्य भनेको चाहिँ देश सम्वृद्धि हुन कृषि पर्यटनको ठुलो महत्व रहेको र  त्यसमा के–के सम्भावना रहेछन् त भनि खोज्ने थियो। दोस्रो उदेश्य चाहिँ म एक लेखक भएको नाताले लेख्नको लागि नयाँ विषयबस्तु खोजी गर्नुथियो।

तेस्रो चाहिँ देशमा केही पनि छैन भनेर पलायन हुने गरेकोमा नेपालमै केही छ गर्न सकिन्छ भनेर उत्पेरणा दिने थियो। 

चौथो र अन्तिम उद्देश्य भनेको चाहिँ एउटा जिल्ला र अर्काे जिल्ला बिचको सम्बन्ध मजबुत बनाए र जाड्न र समानता खोज्नुथियो।  

जोड्नु भन्नुको मतलब हामी अमेरिका क्यानडा लगायत विकसित देशलाई नजिकबाट चिन्छौ तर एउटै देशमा रहेर दार्चुला र झापाको सम्बन्ध के भनेर जान्न सक्दैनौ। एउटा जिल्ला र अर्काे जिल्ला मिलेर देश बनाउने कार्यमा कसरी हातेमालो गर्न सक्छौ भन्ने कुरामा हामी ध्यान दिन सक्दैनौँ। त्यसैले त्यो ध्यान तान्नको लागि यसरी यात्रा गरेको थिए। सम्बृद्धिका आधार भन्ने नामक पुस्तकको यो यात्राको निश्कर्षबाट निस्केको हो जुन साहित्यकार झमक कुमारी घिमीरे ज्यूको हातबाट विमोचन भएको थियो।

माटो बुझ्न सुदूरपश्चिम आउँदाको पहिलो अनुभुति कस्तो थियो ? 
सुदूरपश्चिमको यात्रा एकदमै रमाईलो, उत्सुकतापूर्ण र रोचक रह्यो। मैले नेपाली मिडियामा सुनेको धेरैको मुखबाट सुनेको सुदूरपश्चिम एकदमै विकट छ, पिछिडिएको छ भन्ने कुरा हुन्थो। तर त्यहाँ पुगेपछि, घुम्दै गएपछि त नेपाली मिडियाले ढाटे जस्तै लाग्यो। सुदूरपश्चिम त साच्चै गोपाल हमालले भन्ने गरेको सुन्दरपश्चिम नै रहेछ। 

जब २०४९ सालका कर्णाली नदीमाथि पुल बन्यो तब मात्रै नेपालको बाटोबाट सुदूरपश्चिमसँग नेपाली जोडिएको मान्नुपर्छ। त्यो भन्दा पहिले त भारतको बाटोबाट सुदूरपश्चिम जानुपर्थाे। मेरो सौभाग्य नै भन्नुपर्छ म भने कर्णालीकै पुल तरेर आएको थिए।  अहिलेको मानसपटलको कुरा गर्दाखेरी म जतापनि सुदूरपश्चिमको सौन्दर्यको चर्चा गरिरहन्छु। पश्चिम र हाम्रो पूर्वले त मितेरी लगाउनुपर्छ पनि भन्छु म त।

डोटीका प्रशासकिय अधिकृत ज्यूले आफनो श्रीमतीको कुरा सुनाउनु भएको थियो। आफू यता बढुवा भएर क्षेत्रीय अधिकृत हुन आएपछि उनी सारै दुखित भइन्।

मेरो श्रीमान यस्तो ठाउँमा जानुपर्याे गाह्रो भयो होला भन्ने उनको चिन्ताको विषय थियोे तर जब एकचोटी मलाई भेट्न एक दिनका लागि भनेर यता आइन तर त्यसपछि यताको सुन्दरताले १५ दिन भन्दा अघि जानै दिएन। यसबाट बुझिन्छ। हामी पूर्वका र मध्यपश्चिमका साथीहरुको बीचमा सुदूरपश्चिमको बारेमा त्यहाँको पर्यटकिय क्षेत्रहरुको बारेमा मार्केटिङ न भएको छैन, जुन जरुरी छ।

बजेटहरुमा राम्रो कार्यक्रमहरु आउने तर परिणाम भने एकदमै कमजोर देखिन्छ किन होला ? 
यो कुरा चाहिँ हाम्रो प्रवृति, इच्छाशक्तिको अभाव र हाम्रो जुन श्रम नगर्ने बानीको उपज हो। यी कुरा राज्यस्थिरदेखि नागरिक सम्ममा छन्।  बजेटलाई र विकासलाई बढी कागजी रुपमा देखाउने छ।  

हाम्रो नेता कर्मचारी, उच्च ओहोदाका लागि सबै सम्वृद्ध देश घुमेर आउँछन्,  भ्रमण गरेर  आउँछन तर त्यो कुरा यता लागू गर्दैनन्।  केहीलाई बाहेक वास्तविक किसानले कुन क्षेत्रमा कति बजेट छुट्याएको छ थाहा नै पाएका हुँदैनन्।  थाहा पाएका मध्येकै ले अनुदान कसरी अनुत्पादक क्षेत्रमा लगाउन सहयोग गर्ने र पचाउने भन्ने मात्रै केन्द्रित भएको हुनाले कृषि क्षेत्र यस्तो भएको छ।

प्रदेश सरकार, स्थानीय सरकारलाई के सुझाव दिनु चाहनुहुन्छ ?
नेपालमा औद्यौगिक क्रान्ति गर्न केही समय लाग्छ नै। त्यसैले हामीले तत्काल गर्ने भनेको कृषिलाई व्यवसायिकरण नै हो। र अर्काे गर्ने भनेको कृषि पर्यटन विकास र कृषि हेरेर मनोरन्जनको व्यवस्था।

अनि जस्तो कि अमेरिकामा प्रतिसेकेन्ड २७ लाख अण्डा उत्पादन हुन्छन् भने त्यहाँ अण्डा व्यवस्थनापन गर्न वृद्धहरुलाई मात्रै लगाइन्छ। युवाहरुलाई यस्तो काममा लगाउन पाउँदैन।

यस्तो किसीमको नीतिसहित कृषि प्रशोधन केन्द्रहरु प्रयाप्त खोल्ने र नयाँ नयाँ प्रविधिसहितका उद्योग जसले आन्तरिक पर्यटक भित्राउन पनि मदत गरोस्, खोल्नुपर्याे भन्ने भनाई हो र यहि सुझाव पनि। 

 
 

कमेन्ट लोड गर्नुस