बैतडी जिल्ला अस्पतालको ओपीडी सेवा पुनः सुचारु
२०७८ असार १३, ०६:४२
बैतडी: जिल्ला अस्पताल बैतडीले ओपीडी सेवा शुरु गरेको छ। कोरोना कहरका कारण गत वैशाखदेखि बन्द रहेको ओपडी सेवा आइतबारदेखि सुचारु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए।
यसअघि कोरोना भाईरसको जोखिमका कारण आकस्मिक र प्रसुती बाहेकका सेवा बन्द गरिएको थियो। जिल्ला अस्पतालले आइतबारबाट सबै सेवा नियमित रुपमा सुचारु गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।
जिल्ला अस्पतालमा ओपीडी सेवा सञ्चालनमा आएपछि नागरिकहरुलाई सेवा लिन सजिलो भएको छ।
कमेन्ट लोड गर्नुस