डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिका मृत फेला
डोटी: डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन्।
शनिबार दिउँसो दुई बजे जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा भीम मिजारी छोरी ५ वषीएया मिनु मिजार बेपत्ता भएकी थिइन्।
बाख्रा चराउन गएको बेला खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई आइतबार दिउँसो दुई बजे पूर्वीचौकी गाउँपालिका–१ साझघाटको खोला किनारमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बालिकाको खोजी कार्यमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लागेका थिए।