गुनासो आउदैनन् हेलो सिएम कार्यक्रममा
सुशासन कायम गर्दै जनसेवालाई प्रभावकारी बनाउने उद्देश्य सहित सुदूरपश्चिम प्रदेश सरकारले जनताका गुनासा र सुझाव टिपोट गर्न गत जेठमा तामझामका साथ सुरु गरेको हेलो सिएम कार्यक्रम प्रभावकारी हुन सकेको छैन्। हेलो सिएम कार्यक्रम सुरु भएको ६ महिनाको अवधीमा टेलिफोनन मार्फत १ सय ५७ र २५ वटा लिखित गुनासा र सुझाव मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा संकलन भएका छन्। विभिन्न विषयसँग सम्बन्धीत एक सय ८२ वटा गुनासा प्राप्त भएपनि जनसरोकारका विषयमा गरिएका गुनासो र सुझावहरु कर्यान्वयन हुन नसकेका हुन्।
मूखयमन्त्रीको कार्यालयले सम्बन्धीत मन्त्रालयलाई गुनासो सम्बोधनका लागि भन्दै निर्देशनात्मक पत्राचार गर्ने गरेपनि हाल सम्म के कती गुनासो सम्बोधन भए भन्ने तथ्याङ्क भने राखेको छैन्। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत गम्भीर विष्टले गुनासा सम्बोधनका लागि सम्बन्धीत मन्त्रालयलाई पत्राचार गर्ने गरिएको जनाउदै सुनवाई भएका गुनासोको यकिन तथ्याङ्क भने नभएको बताए। जनगुनासा सुन्न सञ्चालन गरिएको हेलो सिएम कार्यक्रममा सरकारी कर्मचारीले पनि गुनासो टिपाउन थालेपछि जनताका गुनासा ओझेलमा परेका हुन्। अहिले सम्म सबैभन्दा बढि विकास निर्माणसँग सम्बन्धीत गुनासा आएपनि ती गुनासा सम्बोधन भएका छैनन्।
तर कर्मचारीले गर्ने गुनासा भने प्रदेश सरकारले फटाफट सम्बोधन गरिरहेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका नायब सुब्बा रामचन्द्र भट्टले प्राप्त ५४ वटा गुनासा मध्ये सरकारी कर्मचारीसँग सम्बन्धीत र अन्य गरी चार वटा मात्रै सम्बोधन भएको जानकारी दिए। विकास निर्माणसँग सम्बन्धीत गुनासाका विषयमा पनि सम्बन्धीत कार्यालयलाई जवाफ माग सहित समाधान गर्न पत्राचार गरिएको दावी मन्त्रालयले गरेको छ। तर जवाफ नआएपछि दोस्रो पटक पत्राचार भने गरेको छैन्। यता प्रदेशको समाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयबाट कार्यान्वयन गर्न भनि आएका केहि गुनासा सम्बोधन भइसकेको दावी गरेको छ।
तर त्यसमा पनि बढिजसो कर्मचारीका तलबभत्ता, सरुवा र व्यवस्थापनसँग सम्बन्धीत गुनासो रहेको समाजिक विकास मन्त्रालयका शाखा अधिकृत विनोद कर्माचार्यले बताए। सेवासुविधा बढाउनमै केन्द्रीत भएको आरोप खेप्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको हेला सिएम कार्यक्रम पनि जनता भन्दा कर्मचारीका गुनासा केन्द्रीत भएपछि जनगुनासा छायामा परेका छन्।
गुनासो सम्बोधन नहुनेभएपछि जनताले गुनासो गर्न छोडिसकेका छन्। गत असोज २४ गतेदेखि त हेलो सिएममा एउटा पनि जनगुनासो नआएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।