नयाँ शहर बसाउने योजना अलपत्र हुँदा बसाईसराई घटेन
सुदूरपश्चिम प्रदेशको पाटन र साफेंबगरमा नयाँ शहर बसाउने योजना ८ बर्षसम्म पनि अलपत्र हुँदा बसाईसराईको दर घट्न सकेको छैन । सुदूरपश्चिममा निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको २ नयाँ शहरको भौतिक पूर्वाधारको काम अझै सम्म सुचारु हुन सकेको छैन्। सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यसाथ सरकारले आर्थिक वर्ष २०६७÷०६८ को नीति तथा कार्यक्रममा नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो। ८ बर्ष सम्म नयाँ शहर बसाउनका लागि निर्माण अघिका प्रक्रिया समेत पुरा गर्न नसकिएको अवस्थामा अहिले आएर त योजना प्रदेश सरकारलाई हस्तान्तरण भएपछि काम ठप्प छ। लोकमार्ग आसपासको बस्ती समेटेर विसं २०९० सालसम्म पाटन र साँफेबगरमा सुविधा सम्पन्न शहर निर्माणको लक्ष्य छ तर अहिले सम्म निर्माण अघिका प्रक्रिया समेत सम्पनन नभएकाले लक्ष्य पुरा हुनेमा आशंका बढेको छ ।
आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसङ्ख्या तथा यातायातको सुगमताको आधारमा सरकारले बीस वर्षीय गुरुयोजना तयार गरी पाटन र साफेबगरमा नयाँ शहर विकास गर्ने लक्ष्य राखेको ८ बर्ष सम्म पनि योजना अलपत्र परेको हो। जस्ले गर्दा सेवा सुविधा र अवसरको खोजीमा हिमाल, पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्य पुरा हुन सकेको छैन्। अहिले नयाँ शहर योजना प्रदेश सरकारको मातहतमा गएपछि निर्माण अघिका काम पनि पुर्ण रुपमा ठप्प छन्। पाटन नयाँ शहर आयोजना कार्यन्वयन गरिरहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रविन शाहले जानकारी दिए । दुवै नयाँ शहरमा एक एक लाख मानिस बसोबास गराउन सक्ने गरी सम्पूर्ण सुविधा र पूर्वाधार निर्माण गरिने र नयाँ शहरको निर्माणपछि हिमाल, पहाडबाट तराई झर्नेहरूको सङ्ख्यामा कमी आउने र राजधानी लगायत ठूला शहरमा हुने बसाइ सराइ न्यून हुने विश्वास गरिएको थियो। तर ती शहरहरू निर्माणमै अझै दशकौँ लाग्ने देखिएकाले नयाँ शहर स्थापना हुँदासम्म पहाड रित्तिने त होईन भन्ने आशंका पनि बढेको बैतडीको पाटन नगरपालिकाकी उप मेयर सरस्वती कोलीले बताईन् ।
प्रत्येक शहरमा सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्र लगायत पूर्वाधारको विकास गरिने योजना छ। तर अहिले सम्म नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदनको काम पनि सम्पन्न भएको छैन्। जग्गा एकीकरण आयोजना, बाटो खोल्ने कार्य सुरु नै भएको छैन। सरकारले पनि बजेट कनिका छरेजस्तै विनियोजन गर्दा एक लाख जनसङख्या बसाउने नयाँ शहर निर्माण गर्दा ५० औँ बर्ष लाग्ने देखिएको अछाम नयाँ शहर आयोजनाका निमित्त प्रमुख अमरेन्द्र कुमार झाले जानकारी दिए । मध्य पहाडी लोकमार्ग अन्तर्गत बैतडीको पाटन र अछामको साफेंवगरमा वसाई सराई गर्ने क्रम रोक्दै आधुनिक सुविधा सहितको शहर निर्माणको काम सुरु भएसँगै दुवै शहरमा जग्गाको मुल्य आकासिदै गएको छ तर अन्यत्र वसाई सर्ने क्रम रोकिएको छैन्। सरकारले आर्थिक २०६६÷०६७ मा नै नयाँ शहर विकास गर्ने योजना अघि सारे पनि आर्थिक बर्ष २०७२÷०७३ बाट कार्यालय नै स्थापना गरेर काम थालनी गरिएकोमा कामले तिव्रता नपाँउदा नयाँ शहरको मुख्य उद्येश्य बसाईसराई रोक्न चुनौती बढ्दै गएको अछामको साफेवगर नगरपालिका मेयर कुलवहादुर कुँवरले बताए ।
२० बर्षपछि नयाँ शहर बसाएर पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई त्यही रोक्ने सरकारी योजना प्रभावकारी हुने देखिन्न । अहिले प्रदेशको राजधानी र अन्य सुविधाका कारण तराईका जिल्लामा बसाई सर्नेको क्रम तिव्र रहेका बेला २० बर्षपछि पहाडी र हिमाली क्षेत्र खाली त हुँदैनन भन्ने आशका बढ्दै गएको छ । त्यसैले पहामा नयाँ शरहको कामलाई तिव्रता दिदै अन्य क्षेत्रमा पनि एकिकत वस्ती विकासको कामलाई तिव्रता दिन आवश्यक छ । तर नयाँ शहर स्थापनाको काम कछुवा गतिमा हुँदा समेत स्थानीय र प्रदेश सरकार मौन बसेको छ ।