सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल डोटीलाई श्यया हस्तान्तरण

२०७८ असार ७, ०७:४५ रासस

डोटीः निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीलाई उपलब्ध गराइएको २५ श्यया आज हस्तान्तरण गरिएको छ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न नेकपा (एमाले) का नेता आलेको पहलमा उपलब्ध गराइएका ती श्यया जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन्।

स्व. मोहन गोपाल खेतानको सम्झानामा स्थापित परोपकारी संस्था “अवसर पाउण्डेसन” र गोरखा ब्रुअरी प्रालिले निर्वतमान मन्त्री आलेको आग्रहमा ती श्ययाहरु उपलब्ध गराएको थियो।

उक्त संस्थाले उपलब्ध गराएका श्ययाहरु कम्तिमा पनि रु ७ लाख ५० हजारका रहेका छन्। उक्त श्ययाहरु संस्थाका अध्यक्ष पिपी खेतानले निवर्तमान मन्त्री आलेलाई हस्तान्तरण गरेका थिए।

 

कमेन्ट लोड गर्नुस