बैतडीको पञ्चेश्वरमा पहिराले ७ घरपरिवार विस्थापित
बैतडी : लगातारको वर्षाका कारण बैतडीको पञ्चेश्वर गाउँपालिक–२ को गैरटोलमा पहिरो खस्दा ७ परिवार विस्थापित भएका छन्।
शनिबार बिहान पहिरो खस्दा स्थानीय कृष्णराम औजीको घर पूर्णरुपमा क्षतिग्रस्त भएको वडा अध्यक्ष दशरथ मंगोलाले बताए।
बस्तीमाथिबाटै पहिरो खसेपछि जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका उनले बताए। विस्थापित भएका परिवारलाई अहिले देवथला माविको भवनमा राखिएको वडा अध्यक्ष मंगोलाले बताए।
बस्तीमाथिबाट काटिएको सडककै कारण पहिरो खसेको अनुमान गरिएको छ।